बैंकिङ्ग समाचार काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।
फागुन ६ गते बसेको बैठकले २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले फागुन १९ गते पुनः बैठक बसि लाभांश संशोधन गरेको हो । अब लघुवित्तले कुल ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये २६ प्रतिशत बोनस शेयर रहेको छ भने ७.१५ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद लाभांश रहेको छ ।
कम्पनीको उक्त परिमार्जित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।
प्रतिक्रिया