स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, १५% बोनस लाभांश पारित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।

सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६ दशमलव ०५ प्रतिशत नगद (कर प्रयोजनार्थसहित) गरी २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ५ लाख १४ हजार ११० रुपैयाँ खुद नाफा आर्जन गरेकोे सो अवसरमा जानकारी दिइयो । साथै सभाले आ.व. २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६१ ओटा जिल्लाका १४५ ओटा शाखा तथा उपशाखा कार्यालय र नौ ओटा इलाका कार्यालयमार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सभाले इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।