डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको शेयर मूल्य समायोजन

डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको शेयर मूल्य समायोजन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ ।नेप्सेमा डिप्रोक्स लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको हो । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

नेप्सेले बिहीवार सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य रू. १ हजार १०० को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ९९० दशमलव ९९ तोकेको छ । त्यस्तै नेप्सेले बिहीवार डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य रू. ८१९ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ दशमलव ५५ तोकेको छ ।

आइतवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।