नेप्सेमा लक्ष्मी लघुवित्तको शेयरमूल्य समायोजन

नेप्सेमा लक्ष्मी लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन १६ गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ८२४ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, लघुवित्तको शेयर दोस्रो बजारमा ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

लघुवित्तले फागुन २९ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।