हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी

काठमाडौं - यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन्। यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ। ‘फ्लाइट राडार’ नामक उडान अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गइरहेको…