गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक घटेका छन् । गत असारयता पर्यटक आगमनमा कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । असारमा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । साउनमा जम्मा ११ हजार ८२४ पर्यटक भित्रिएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए ।…