पर्यटन सम्भाव्यताको अध्ययन हुँदै

महोत्तरी – चुरे पर्वत श्रेणीका शृङ्खला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन सम्भाव्यताको खोजी हुने भएको छ । महोत्तरी जिल्लाको चुरे पर्वत श्रेणीका धार्मिक, ऐतिहासिक र वन्य पशुपक्षी बासस्थानका पर्यटकीय सम्भावनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो बढाएको हो । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा पर्ने चुरे पर्वत श्रेणीमा पर्यटकीय सम्भावनाबारे बर्दिबास उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसँग संस्कृति, पर्यटन…