सौराहा आउन थाले पर्यटक

चितवन- सौराहाको युनिक वाइल्ड रिसोर्टमा ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे। गत वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैंभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरूमा केही उत्साह थपिएको छ। राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँठाउँको पहिरोका कारण पर्यटकले बुकिङ रद्द गरेपछि व्यवसायी निराश भएका थिए।…