पर्यटकको रोजाइमा झापाकाे धार्मिक तथा पर्यटकीयस्थल किचकबध

झापा – महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेका दुई मूर्ति…