आजदेखि थाई एशियाको भैरहवा–बैंकक उडान सुरु

भैरहवा – थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ। आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । साथै, भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा…