बैंकिङ्ग समाचार, काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बुधबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम संचालनमा ल्याउने…