काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट सुन जस्तो देखिने पदार्थ करिब ८ सय ३५ ग्रामसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका छन् । ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा चेकजाँच पश्चात् उक्त स्थानमा खटिएको प्रहरीले शङ्का लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगी भिडियो एक्स-रे गर्दा…