किसान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं- किसान लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ ।पुस २६ गते बसेको किसान लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।