बुटवल - सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत, रुपन्देहीमा दायर गरेको निवेदनमाथि अहिले सुनुवाइ भइरहेको छ । लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ। अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत पदम अर्यालले रविको निवेदनमाथि सुनुवाइ सकिए…