बैंकिङ्ग समाचार, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई जम्मा गर्न सुरु गरेको हो । कम्पनीको एघारौं साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदादेखि अभौतिक रुपमा शेयर धारण गरेको शेयरधनीहरुलाई…