बैंकिङ्ग समाचार, काठमाडौं । शुक्रवार नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको गत पुस १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बराबरको १७ लाख १९ हजार ७ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।