धौलागिरी लघुवित्तको आईपीओ सहित कुल १० लाख ३१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बिहीवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । यो शेयरको पहिलो कारोबारको लागि नेप्सेले रू. १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज तोकेको छ ।…