काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना माथि घुस–रिसवत लिई दिई भ्रष्टाचार गरेको अभियोगमा आरोप पत्र दायर गरेको छ । उनले असिस्टेन्ट सब–इन्जियरको रिक्त पदमा विगत ८ वर्ष देखि करार सेवामा म्याद थप गर्दै घुस–रिसवत लिएको आयोगले जनाएको छ । नगर प्रमुखले आर्थिक वर्ष २०८१/८२ को…