काठमाडौं – नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका –२६ सामाखुशी टाउनप्लानिङस्थित ईजी सप नामक पसलमा छापा मार्दा विभिन्न किसिमका किर्ते कागजातसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौं–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत घर भई हाल काठमाडौं धुम्बाराही…