मितेरी सहकारी प्रकरण: कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं – मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ। न्यायाधीश निर्मला योङयाको इजलासले थुनछेक बहसपछि गुरुङलाई ३५ लाख रुपैयाँ धरौटी बुझाउने सर्तमा छाड्ने आदेश गरेको हो। अदालतले गुरुङलाई कसुरदार ठहर गर्नुपर्ने अवस्था देखिएको तर उनी ८१ वर्षीय ज्येष्ठ नागरिक भएको, स्वास्थ्य अवस्था, आरोपित कसुरको स्वरूप, त्यसमा उनको संलग्नता र हुन सक्ने…