‘डिजिटल माध्यमबाट हुने ठगीमा पढेलेखेका व्यक्ति नै फस्ने गरेका छन्’

पछिल्लो समय अधिकांश व्यक्तिहरू छिट्टै धनी बन्ने सोचले निर्देशित हुन थालेका छन्। छोटो समयमा धन आर्जन गर्नका लागि केही व्यक्तिहरूले आपराधिक मार्ग नै अपनाउने गर्छन्। केही व्यक्तिहरू भने धेरै कमाइन्छ भन्ने लोभमा ठगको हातमा समेत पर्ने गर्छन्। जनचेतनाको अभाव र लोभका कारण आफूसँग भएको पैसा पनि डुबाउन पुग्छन्। सर्वसाधारणलाई ठगी गर्नु नै ठगहरूको प्रमुख उद्देश्य…