काठमाडौं - राज श्री फाइनान्सबाट चोरीको १० लाख २३ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भई काठमाडौंको ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल रहेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले गजुरेललाई काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित राज श्री फाइनान्सबाट चोरी गरेको नगदसहित पक्राउ गरेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गजुरेलविरुद्ध…