काठमाडौं – स्रोत नखुलेको रकम १८ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ घर भई हाल आरुबारी बस्ने १९ वर्षीय दावा शेर्पा रहेका छन्। काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित बस्ने भारत तारानगर राजस्थानका केजरीवाल (भारतीय पासपोर्ट नम्बर Z66103854) को कोठा चेकजाँच गर्ने क्रममा १८ लाख स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ। …