काठमाडौं - नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको भरोसाको केन्द्र हो, पर्यटक प्रहरी। तर पछिल्ला वर्षमा यही कार्यालयमा अपहरण, व्यक्ति हराएको, चोरी तथा ठगीका उजुरीको चाङ लाग्न थालेको छ। नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीमा अपहरण, व्यक्ति हराएको, चोरी तथा ठगीलगायतका उजुरी लिएर पर्यटकहरू दैनिक जसो पुग्ने गर्छन्। तर रोचक पक्ष के भने, प्रहरीका अनुसार कतिपय उजुरी वास्तविक…