काठमाडौं - सामान्यतया पक्राउ परेपछि कुनै मुद्दाको अनुसन्धान सक्नलाई प्रहरीले २५ दिनसम्मको समय लिन्छ। तर, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभको आरोपमा पक्राउ गरेका प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचन भने १५ दिनमा नै छुटे। केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि पक्राउ गरेका भट्टचनले शक्ति र सत्ताको आडमा आफूलाई समय अगावै छुटाउन सफल बनेका हुन्।…