मोरङबाट नेपाली नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं – मोरङबाट  नेपाली नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका सहमद हुसेन र महेन्द्र मेहता रहेका छन्।  पक्राउ परेकामध्ये हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट १ थान र उज्ज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा…