काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड २० लाख ५४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार…