काठमाडौं – अर्थ मन्त्रालयले हालै खर्च कटौतीसम्बन्धी तीन महले पुस्ट्याइँ विवरण तयार पारेको छ। पुँजीगत खर्चदेखि सरकारी संरचना र निर्माण प्रक्रियासम्म विभिन्न क्षेत्रमा खर्च कटौती गर्ने निर्णय गरिएको हो। यसको उद्देश्य बजेटको दुरुपयोग रोक्ने, प्राथमिकताका आयोजनामा स्रोत सुनिश्चित गर्ने र सरकारी संरचनालाई मितव्ययी बनाउने रहेको छ। पूर्व तयारी पूरा नभएका, दोहोरो प्रविष्टि भएका, एकमुष्ट बजेट…