काठमाडौं - नेपाली भूमिमा बसेर आर्थिक तथा वित्तीय अपराध गर्ने विदेशीहरूको संख्या निरन्तर बढ्न थालेको छ । नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा नेपालमा घट्ने वित्तीय अपराधमा विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको हो । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा नेपालमा घट्ने वित्तीय अपराधमा विदेशीको संलग्नता ४३३ प्रतिशतले बढेको छ । यसलाई वित्तीय अपराधमा नेपालमा विदेशी नागरिकको ‘क्रीडास्थल’कारुपमा विकास…