वीरगन्ज – वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन्। गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात छ अर्ब ४२ करोड रुपैयाँले बढी हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको…