काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले आज सोमबार अर्थ मन्त्रालयमा प्रमुख दातृ निकायका प्रतिनिधिसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बैठकमा अर्थमन्त्री खनालले प्रतिनिधि सभाको निर्वाचन समयमै सम्पन्न गर्ने र युवाहरूको अपेक्षाअनुसार स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्। एशियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोस्वासँगको छलफलमा अर्थमन्त्री खनालले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी र अन्य…