काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको उपभोग संरचनालाई आयातमुखी अवस्थाबाट क्रमशः स्वदेशी उत्पादनमा आधारित बनाउँदै लैजानु अपरिहार्य रहेको बताएका छन्। भन्सार विभागद्वारा आयोजित ७४औँ अन्तरराष्ट्रिय भन्सार दिवस समारोहलाई सम्बोधन गर्दै उनले आन्तरिक उत्पादनमा पर्याप्त वृद्धि नभएसम्म आर्थिक सुधार दीर्घकालीन रूपमा सम्भव नहुने स्पष्ट पारे। स्वदेशमै उत्पादन हुन सक्ने वस्तुहरू अनावश्यक रूपमा बाहिरबाट भित्रिने अवस्था विद्यमान…