सबै जिल्ला सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः लागू गरिने बताएका छन्। बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रचण्डले अब कामका आधारमा मूल्यांकन हुने बताएका हुन्। उनले भने, ‘म अलि उदार भएँ। मन्त्रालयलाई अलि उदार छाडिदिएँ र काम कम भयो कि…