काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा सकरात्मक संकेत देखा पर्न थालेको बताएका हुन् । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको…