सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्छ: आर्थिक मामिला मन्त्री काफ्ले

काठमाडौं – बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताएका छन् । बिहीवार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्लेले एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताएका…