काठमाडाैं- अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संस्था बिना देशको अर्थतन्त्र सुधारको सम्भावना नरहेको बताएका छन् । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीएफएसएल) २०२३ समिटमा अर्थमन्त्री महतले डिजिटल रेगुलेसनमा आएको परिवर्तनले सामान्य नागरिकालाई पनि सहजै उद्यमशील बन्न प्रेरित गरेको बताए। ‘अहिले डिजिटल टेक्नोलोजीमा जुन किसिमको क्रान्ति आएको छ, यो हाम्रो लागि अवसर र चुनौती दुवै हो,’…