बाढीले हेडबक्स बगाउँदा माण्डु हाइड्रोपावरको उत्पादन बन्द

काठमाडौं - बिहीबार रातीदेखि परेको भिषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण हेडबक्स बगाएपछि माण्डु हाइड्रोपावरको उत्पादन प्रभावित बनेको छ । कम्पनीले दिएको जानकारीअनुसार बागमती नदीमा बढेको पानीको बहाबका कारण बाढी र पहिरो आउँदा आयोजनाको हेडबक्समा क्षती पुगेपछि उत्पादन बन्द भएको हो । कम्पनीले दिएको जानकारीअनुसार आयोजनाको हेडबक्समा रहेको भौतिक संरचनामा क्षती पुगेको छ…