वीरगञ्ज - वीरगञ्ज मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँका सामान निर्यात भएका छन्…