धितोपत्र बोर्डलाई अर्थको पत्र : आईपीओ स्वीकृति गर्नुअघि कम्पनीको सबै पक्ष अध्ययन गर्नु

काठमाडौं – अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई आईपीओ स्वीकृतिमा कडाइ गर्न निर्देशन दिएको छ । अर्थले आईपीओ निष्कासन गर्ने कम्पनीको सबै वित्तीय र व्यवस्थापकीय पक्षको अध्ययन गरेर मात्रै आईपीओ स्वीकृत गर्न निर्देशन दिएको हो । अर्थले आईपीओ निष्कासन गर्ने कम्पनीको रेटिङ र प्रिमियम मूल्य निर्धारण प्रभावकारी बनाउन निर्देशन दिएको छ । विश्वसनीय मूल्यांकन विधिबाट…