म्याग्दी- रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन्। उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन्। बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन्। यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए। 'पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११…