नेपालको राजनीतिक सङ्क्रमण, आन्दोलन र संविधान निर्माणको लामो यात्राले देशलाई लोकतान्त्रिक गणतन्त्रमा त डोर्यायाे तर अर्थतन्त्रका आधारभूत मुद्दामा राजनीतिक दलहरू अझै गम्भीर र दूरदर्शी बन्न सकेका छैनन्। सत्ता परिवर्तन र शक्ति बाँडफाँटमा लिप्त राजनीतिक नेतृत्वले राष्ट्रिय आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्नुपर्नेमा उल्टै अल्पकालीन लाभ र सत्ता समीकरणमै ध्यान केन्द्रित गरिरहेका छन्। यतिखेर सरकारले अर्थतन्त्रका लागि केही…