अदालतको आदेशपछि एक लाख धरौटीमा छुटे प्रसाईँ

काठमाडौं – साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । प्रसाईंलाई साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार…