काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो। प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको…