काठमाडौं –नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ६० करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४८ कराेड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ९ कराेड रुपैयाँ…