अबदेखि राष्ट्रियस्तरका वित्त कम्पनीलाई पनि निक्षेप संकलनको सीमा नलाग्ने

काठमाडौं – सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने व्यवस्था गरेको…