विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं - चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको विप्रेषण देशभित्र पठाएका छन्। नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो। गत फागुनमा विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रहेको…