पुँजी बजारको विकासमा पश्चगामी हैन, अग्रगामी नीति आवश्यक

पछिल्लो समय प्राथमिक शेयर निष्कासनका लागि नेटवर्थ कति आवश्यक पर्ने भन्ने विषयमा बहस र विवाद भइरहेका छन्। कम्पनीहरूले धितोपत्र बोर्डमाथि गालीगलौज गरिरहेको अवस्था छ भने बोर्ड पनि आफूले कानुनअनुसार नै काम भएको बताइरहेको छ। यो विवादमा धितोपत्र बोर्ड प्रतिनिधिसभाको लेखा समिति र अर्थ समितिको चेपुवामा परेको छ।  नेटवर्थको विषय बुझ्न केही अगाडिका घटनाक्रम र भएका…