काठमाडौं । दसैंको विदायताको कारोबार दिनमा१०१ अंकभन्दा बढीले घटेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकरात्मक सर्किट लागेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै शेयर बजारमा लागिरहेको २५ करोडको ऋणको सिमा हटाएपछि सकरात्मक सर्किट लागेको हो । यसबाहेक, नेपाल राष्ट्र बैंकले बैंकहरुले शेयर कारोबार गर्ने समयावधिमा समेत लचिलोपन लिएको…