काठमाडौं – संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ। सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग कम्पनीको मूल्य के आधारमा तय गरिएको हो? लगायतका प्रश्न सोध्दै स्पष्टीकरण मागेको हो। समितिले बोर्डसँग ‘उक्त कम्पनीको मूल्य…