आईएमएफले नेपालको लागि इसिएफको सुविधा दुई महिना समय थप्यो

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसँगको आर्थिक सहयोग कार्यक्रम विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को अवधि थप दुई महिनाका लागि बढाएको छ। अब यो कार्यक्रम आगामी जुलाई ११ सम्म कायम रहने भएको छ। आईएमएफको कार्यकारी बोर्डले नेपाल सरकारको आग्रहअनुसार कार्यक्रमको अवधि थप गर्ने प्रस्ताव स्वीकृत गरेको हो। कोषद्वारा जारी विज्ञप्तिअनुसार बाँकी समीक्षा प्रक्रिया पूरा…