मध्यपूर्व युद्धको असर: तेल र डलर महँगिँदा विदेशी मुद्रा सञ्चितिमा दबाबको जोखिम

काठमाडौं – मध्यपूर्वमा जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको भाउ बढ्दा नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर देखिन थालेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आयात खर्च बढेसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने संकेत देखिएको छ। मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढेको सैन्य तनावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको छ।…